
काठमाडौं । नेपाल विज्ञापन संघ(आन)ले आफ्नो स्थापना दिवसलाई ‘एड–डे’ को रूपमा मनाउने भएको छ ।
२०४७ जेठ ३० गते विज्ञापन संघ स्थापना भएको संघले जेठ ३० गतेदेखि असार ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै साताभर नेपाली विज्ञापन सप्ताह मनाउने निर्णय पनि गरेको संघका अध्यक्ष सोमप्रसाद धितालले जानकारी दिनुभयो ।
सप्ताहमा विज्ञापन क्षेत्रसम्बन्धी सरोकारवालाहरूसँग वेभिनार साक्षत्कार गराइ नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसरका विषयमा अन्तरक्रिया गरिने एड–डे विज्ञापन सप्ताह आयोजक उप–समितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताउनुभयो ।
साथै संघले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ आइतबार बिहान ११ बजे संघको सचिवालय शान्तिनगरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्