२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस्– विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीलत निवासकाे झैँ पडयन्त्र पोखरामा नदाहोरिसोस् भन्दै सचेत गराउनुभएको छ ।

आइतबार विश्वासमको मत गुमाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सरकारको दाबीले षडयन्त्रको आशंका बढाएको बताउँदै पोखरामा दाहोर्याउन सचेत गराउनुभएको हो ।

सोमबार विज्ञप्ति निकालेर शर्माले कांग्रेससहितकाे गठबन्धनमा बहुमत सांसदको हस्ताक्षर मात्र नभएर सशरीर उपस्थित भएकाले षडयन्त्र नगर्न आग्रह गर्नुभएको छ ।

कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोग झैँ विश्वासको मत दुई अघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीको दावा शंस्कास्पद भएको उहाँको भनाइ छ ।

बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त हुनुभएको थियो । प्रदेश प्रमुखले सरकार आह्वानका लागि दिएको समयसीमा आज दिउँसो ३ बजे सकिन लाग्दा मुख्यमन्त्री गुरुङ सरकारमा आफ्नो पनि दाबी पेश गर्नुभएको थियो ।

त्यसअघि शुक्रबार नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दाबी गर्दै ३१ जना सांसदको सशरीर हस्तार बुझाउनुभएको थियो ।