२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


विपक्षी गठबन्धनको प्रदेश प्रमुख निवासमा धर्ना


0
Shares

प्रदीप पौडेल
पोखरा । आफूपक्षीय नेतालाई मुख्यमन्त्रीमा नियुक्तिमा दबाव दिँदै गण्डकी प्रदेशसभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका सदस्यहरूले प्रदेश प्रमुखको कार्यालय रत्नचोकमा धर्ना दिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

मुख्यमन्त्रीमा दाबी गरेका पोखरेलले संसद विघटनको खतरा रहेको भन्दै आफुहरू कानुनी बाटोमा जाने बताउनुभयो । उहाँले मुख्यमन्त्री गुरुङ केपी ओली सरकारको गोटी बनेको आरोपसमेत लगाउनुभएको छ ।

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो निवासमा मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बोलाउनुभएको छ ।