१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मध्यरातमा माछा मार्न जाँदा श्रीमान्–श्रीमतीकै मृत्यु


26
Shares

सुनसरी । इटहरी–२० तरहरामा माछा मार्ने क्रममा श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ ।

रोयल फर्निचर इटहरीमा काम गर्ने रौताहा गाउँपालिका उदयपुरका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया उनकी श्रीमती शर्मिला राईको मृत्यु भएको वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिनुभयो ।

विजुलीको अवैध हुकिङ्ग गरी करेण्ट लगाएर मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमाटमका लागि वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।