१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा वर्तमान मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो)


0
Shares

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचद्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ ।

पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले टेलिफोनमार्फत बधाई दिनुभएको हो । उहाँले पोखरेललाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

उहाँले टेलिफोनमा भन्नुभएको छ, ‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट ।’

गुरुङले पोखरेललार्ई बधाई दिएको भिडियो गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जालमा राख्नुभएको छ ।