१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीले नेपालको राजनीतिमै नभएको सत्तालिप्साको कुरुप स्वरूप देखाएको पाँच पूर्वप्रधानमन्त्रीको निष्कर्ष


0
Shares

काठमाडौं । पाँच जना पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक इतिहासमै नभएको सत्तालिप्साको कुरुप स्वरुप देखाएको आरोप लगाएका छन् । पटक–पटक संविधानविपरित कार्य गर्दै सर्वोच्च अदालतको फैसलाको समेत ठाडो उल्लंघन गरेर ओलीले सत्तामा रहनका लागि कुरुप स्वरुप देखाएको उनीहरुको आरोप छ ।

शनिबार साँझ विज्ञप्ति सार्वजनि गर्दै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले ओलीले पार्टीको बैठक र महान्यायाधीवक्तामार्फत सर्वोच्च अदालतलाई धम्की भन्दै भर्त्सना गरेका छन् ।

देश कोभिड–१९ बाट आक्रान्त भएको र पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज नपाएको अवस्थामा आफ्ना निकष्टस्तहरूबाट भएको भ्रष्टचार र अनियमिततार्ला प्रधानमन्त्री ओलीले ढाकछोप गर्दै संरक्षण दिएको उनीहरूको आरोप छ । उनीहरूले खोपको प्रबन्ध गर्न र निषेधाज्ञाबाट समस्यामा परेकाहरूको रोग र भोको सम्बोधन गर्न माग गरेका छन् ।

त्यसैगरी देशको घाटा पूर्तिका लागि चुरे र महाभारत क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको निकासी गरी सरकारले वनजंगलको विनास, पानीको मुहान सुकाउने र तराईलाई मरुभूमिकरण गर्न खोजेको उनीहरूको आरोप छ । आफ्नो घरमा आगो लगाएर खरानी बेच्ने सरकारको कदमको विरोध गर्दै उनीहरूले तत्काल यस्तो निर्णय खारेज गर्न माग गरेका छन् । साथै उनीहरूले कामचलाउ सरकारले दीर्घकालीन असर पार्ने निर्णयहरू नर्गनसमेत आग्रह गरेका छन् ।

यस्तै, पाँच पूर्वप्रधानमन्त्रीले देशको बारेमा नेपालीहरूले नै निर्णय गनुपर्ने भएकाले देशको राजनीतिका बाह्य शक्तिको प्रत्यक्ष र परोक्ष हस्तक्षेप र चलखेल हुन नपाओस् भन्ने विषयम सजग रहन नागरिकमा अनुरोध गरेका छन् ।