
तेह्रथुम । तेह्रथुम जिल्लाकोे मेन्छ्यायेम गाउँपालिका (कोरोना भाईरस) कोभिड १९ दोश्रो भेरियन्ट मुक्त गाउँपालिका भएको छ ।
कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढी रहेको बेला एन्टिजेन्ट जाँचमा १० जनामा पोजेटिभ देखिएको थियो ।
संक्रमित १० जना नै निको भएपछी गाउँपालिका कोरोना मुक्त भएको गाउँपालिका अध्यक्ष यादब खापुङले बताउनुभयो ।
कोरोना नियन्त्रणका लागी गाउँपालिकाको सीमा ईलाकाहरुमा सुरक्षाको व्याबस्था कडाई गर्दै बाहिरबाट आएका मानिसहरुलाई निग्रानीमा राखी होम आईसोलेनमा सुरक्षित राखिएको थियाे ।
त्यस्तै, अन्य बाहिरबाट आउने मानिसहरुलाई बाहिरनै बस्न आग्रह गर्दै स्थानीयलाई बाहिरी क्षेत्रमा नजान आग्रह गरेकाले नियन्त्रणमा आएको अध्यक्ष खापुङले बताउनुभयो । कोरोनाले जिल्लामा हालसम्म ८ जनाको मृत्यृ भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्