७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


देशभर मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने


0
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशभर वर्षा भइरहेकाे छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहेपनि देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक / दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

यस्तै, रातीमा पनि देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन आग्रह गरिएको छ।