
काठमाडौं । काठमाडौं उपत्यकामा करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ ।
मेलम्चीको सुरूङ खाली गर्ने तथा मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी नआउने भएको हाे ।
उपत्यकामा पानी नआउने भएपछि खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ ।
मेलम्चीकाे सुरूङ खाली गर्ने तथा मर्मत संहारको लागि २ महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।
जसअनुसार खानेपानीको तालिका फेरबदल गरेकाे खानेपानी लिमिटेड केयूकेएलले जनाएकाे छ । केयूकेएलकाअनुसार फेरबदल भएकाे तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि हुनेछ ।
केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति जारी गरेर थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने जनाएकाे छ ।
नयाँ तालिकाअनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण गरिनेछ भने बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सबै ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउनेछ ।
केयुकेएलकाअनुसार सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्