
रसुवा । रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका संचालित होटल व्यवसायीहरु संकटमा परेका छन ।
बिशेष गरि लाङटाङ तथा गोसाँईकुण्ड पदमार्गमा सन्चालित होटलहरु कोरोना भाइरस संक्रमण जोखिमसँगै पर्यटक आगमन बन्द भएपछि ठुलो संख्यामा होटेल व्यवसायीक संकटमा परेका हुन् ।
सिजन शुरु भए सँगै पर्यटन व्यवसायबाटनै जिविकोपार्जन गर्दै आएका होटल व्यवसायीहरु बर्षका दुवै सिजनमा पर्यटक आगमन शुन्य भए पछि राज्यलाई राजश्व तिर्न सक्ने अबस्था समेत नरहेको होटेल व्यवसायीहरु बताउँछन् ।
अघिल्ला वर्षहरुमा पर्यटकीय सिजन शुरु भएसँगै सदरमुकाम धुन्चे गोसाँईकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गमा बिदेशी पर्यटकहरुको चहलपहल देखिए पनि अहिले अधिकांश होटलहरु खाली छन् ।
पर्यटक आगमन हुने मुख्य सिजनका बेला कोभिड–१९ को त्रासले आगमन शुन्य भए पछि होटल व्यवसायीहरु प्रत्यक्ष मारमा परेको हुन् ।
प्रतिक्रिया दिनुहोस्