१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच लाखको अवैध काठसहित टिपर र चार जना नियन्त्रणमा


0
Shares

बुटवल । रूपन्देहीको देवदह नगरपालिकाबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले देवदह नगरपालिका–१० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई सोमबार बिहान ३ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, गंगाबहादुर बुढा, बुटवलका रोहित घले र देवदह चरङ्गेका प्रेमबहादुर थापा छन् ।

नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० थान सालका गोलिया बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

बरामद काठ, टिपर र संलग्न चारै जनालाई कारबाहीबा लागि जिल्ला वन कार्यालय पठाइएको राठौरले बताउनुभयो । बरामद गरिएको काठ झण्डै पाँच लाख मूल्य बराबरको छ ।