१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा पुन: खोप अभियान सुरु, अस्पतालहरूमा भिड


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि पुनः खोप अभियान सुरु भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम सोमबार र मंगलबार सञ्चालन हुने महानगरले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यालयको परिपत्रअनुसार खोप कार्यक्रम सञ्चालन गरिएको महानगरको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा खोप लगाउनेहरूको भिड देखिएको छ ।

खोप ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीलाई मात्र लगाइने महानगरले जनाएको छ ।