१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरमा निषेधाज्ञा थपियो, वित्तीय संस्था ४ दिन खुल्ने


0
Shares

पाँचथर । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितको बैठकले वैशाख २७ गते जारी भएको निषेधाज्ञा तेस्रोपटक थप गर्न निर्णय गरेको प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । पछिल्लो पटक जारी निषेधाज्ञा सोमबार राति सकिँदै थियो ।

निषेधाज्ञामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु बिक्री हुने पसल बिहान १० वजेसम्म खुल्नेछन् भने निर्माणको काम निरन्तर हुने जनाइएको छ ।

यस्तै, यसअघि साताको दुई दिन मात्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी सातामा ४ दिन सञ्चालन गर्न पाइने ढकालले बताउनुभयो ।