१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोलाले बगाउँदा बाजुरामा एक महिला बेपत्ता


0
Shares

महेश कार्की
बाजुरा । आइतबारदेखि परेको अविरल वर्षासँगै बढेको स्थानीय बड्डीगाड खोलाले बगाएर जिल्लाको पुर्वीउत्तरी भेगमा एक महिला बेपत्ता भएकी छन् ।

सोमबार बिहान बुढीनन्दा नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वारलाई स्थानीय खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् । बेपत्ता ल्वारको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

महिला बेपत्ता भएपछि उनका तीन छोराछोरी बिचल्लीमा परेका छन् । उनका श्रीमान् अर्को विवाह गरेर भारत गएको स्थानीयले बताएका छन् ।खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा महिलालाई खोलाले बगाएको स्थानीयले जानकारी दिए ।