
पर्वत । कोभिड–१९को जोखिम कायम रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले असार ७ गते मध्यरातिसम्म निषेधाज्ञा थप गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञा सोमाबार राति सकिन लागेपछि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफुल, दरकारी, दुध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्यास तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दुरसञ्चारका सवारी सञ्चालन गर्न दिइने छ ।
औषधि, स्वास्थ्यकर्मी, र प्रेस पास भएका सवारीसाधन तथा सरकारी सवारीसाधनहरू निर्वाध चल्दा सार्वजनिक र निजी सवारीसाधन पूर्ण रूपमा बन्द गरिने छ । अत्यावश्यक सेवा प्रवाह हुने कार्यालय सञ्चालनमा आउने भएका छन् । सरकारी र लघुवित्त र विमा कम्पनीका कार्यालय पुर्ण रुपमा बन्द हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बैंकहरू पूर्ण रुपमा खुल्ने खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी खाद्यान्न, फलफुल तथा तरकारी, स्टेशनरी र विकास निर्माणका सामग्री विक्रि गर्ने पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिइने छ । पर्वतमा दोस्रो लहरको कोभिडबाट १ हजार ५ सय ७५ जना संक्रमित हुँदा ५३ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्