१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु संविधानको बर्खिलाप हुने कांग्रेसको ठहर


0
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलले आफ्ना सांसद् नरोत्तम वैद्यमाथि दर्ता भएको मुद्दा संविधानको बर्खिलाप भएको ठहर गरेको छ ।

वैद्यमाथि आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनसम्बन्त्री जाहेरी परेपछि विज्ञप्ति निकालेर संसदीय दलले उहाँमाथिको जाहेरी दर्ता गर्नु संविधानको बर्खिलाप हुने जनाएको हो । संविधानको धारा १८७ मा प्रदेशसभाको विशेष अधिकारको उपधारा १ अनुसार पूर्ण वाक स्वतन्त्रताको उपयोग गरी बोलेको विषयमा जाहेरी दर्ता गरेकोप्रति कांग्रेसले आपत्तिज जनाएको छ ।

संविधानको धारा उपभोग गरी बोलेको विषयलाई लिएर सांसद्माथि जाहेरी दर्ता गर्नु प्रदेशसभाको मानहानी भएको कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वैद्यमाथि मुद्दा दर्ता गरेर प्रहरी अनुसन्धान अधिकारीले संवैधानिक मूल्य मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पुर्याएको पार्टीको ठहर छ । कानुनविपरित भएको जाहेरी दर्ताको कांग्रेसल भर्त्सना गर्दै आवश्यक परेको खण्डमा प्रदेशसभामा शसक्त प्रतिवाद गर्ने जनाएको छ ।

यस्तै कांग्रेसले वैद्यले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएर संसदको रेकर्डबाट समेत हटाइसकिएको स्मरण विज्ञप्तिमा गराएकोृ छ । वैद्यले जेठ २८ गते प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँले अरु नाथुराम गोड्से बन्न तयार नभए आफू बन्ने बताउनुभएको थियो ।

नारुराम गोड्से महात्मा गान्धीका हत्यारा हुन् । उनले गान्धीलाई गोली हानेर हत्या गरेका थिए । गोड्सेलाई गान्धीको हत्यामा दोषी ठहर गर्दै भारतको अदालतले फाँसीको सजाय सुनाएको थियो ।