
पोखारा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने किसिमको भएको प्रतिक्रिया दिएको छ ।
नेकपा एमालेका नेता रामशरण बस्नेतले कोभिडबाट ज्यान गुमाएक परिवारलाई नगद राहत दिने कार्यक्रमले बेठीक भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले यो कार्यक्रम कार्यकर्ता पोस्नको लागि भएको आरोप लगाउनुभएको छ ।
प्रदेश सरकारले कोभिड–१९ बाट बुवाआमा गुमाएका बालबालिकाहरुलाई नगद राहत साथै संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगाएतका आम नागरिकका परिवारलाई नगद राहत दिने उल्लेख गरिएको छ ।
यस्तै, संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा थप नयाँ कार्यक्रम १२ वटा मात्र आएको प्रारम्भिक प्रतिक्रिया दिनुभएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्
कोभिड केन्द्रीत गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, यौन हिंसामा परेकालाई उच्च शिक्षा निःशुल्क
प्रतिक्रिया दिनुहोस्