
एजेन्सी । म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुचीमाथि लगाइएको भ्रष्टाचार आरोपको मुद्दाको सुनुवाई शुरु भएको छ ।
म्यानमारमा सेनाले कु गरेपछि नजरबन्दमा रहनुभएकी सुचीलाई सुनुवाईको लागि अदालत लगिएको छ ।
सेनाले सुचीमाथि आर्थिक अनियमितता, सुन र मोटो रकम घुस लिएको लगायतका आरोप लगाउँदै मुद्दा दायर गरको हो ।
म्यानमारको सेनाले सुची लगाएत अन्य नेता तथा उच्च अधिकारीहरुमाथि पनि विभिन्न मुद्दा लगाएको छ ।
सुनुवाईकै क्रममा आज नेशनल लिग फर डेमोक्रेसीका एनएलडीका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।
नेतृ सुचीले देश, जनता, र प्रजातन्त्रका लागि गरेको योगदान र संघर्षका विरुद्धमा दाग लगाउन सैनिक सरकारले अनेक आरोप लगाइरहेको बिश्लेषण गरिएको छ ।
म्यानमारको जुन्ता सरकारले गत साता पनि नेतृ सुचीका बिरुद्धमा नयाँ आरोप सहितको मुद्दा दर्ता गरेको थियो ।
म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले बिभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिंदै सत्ता हत्याएको थियो ।
सेनाले निर्वाचनमा धाँधली भएको भन्दै आफनो सरकारले छिट्टै निष्पक्ष निर्वाचन गराउने र सत्ता छोड्ने घोषणा गरिसकेको छ ।
सेनाको घोषणाप्रति आम नागरिक र बिश्व समुदायले आपत्ति जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्