१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुस्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान दिइने सउदी अरबको निर्णय


0
Shares

एजेन्सी । सउदी अरबले यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति दिएको छ ।

यसअघि हज यात्रामा जान कुनै पनि महिलालाई अभिभावक बिना जान अनुमति दिईएको थिएन ।

नयाँ नियम लागु भए अनुसार १८ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलाले हज यात्रामा जान चाहेको खण्डमा आफनो नाम दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।

नाम दर्ताका लागि यही १३ जुन देखि २३ जुन सम्म १० दिनमा लागि समयसीमा तोकेको छ । यसका साथै कोरोना बिरुद्ध दोश्रो डोज लगाएका ब्यक्ति मात्रै हजमा जान पाउने नियम पनि लागु गरिएको छ ।

सउदी अरबले हरेक बर्ष लाखौं लाख सर्वसाधारण हजका लागि अनुमति दिने गरेकोमा यो बर्ष भने ६० हजारलाई मात्र हजका लागि अनुमति दिएको छ ।