
File Photo
काठमाडौं । काठमाण्डौंमा उपत्यकामा आजबाट करिब २ महिना मेलम्चीको पानी नआउने भएको छ ।
मलम्चीको सुरुङ खाली गर्ने तथा मर्मत संहारका लागि २ महिना लाग्ने भएकाले नियमित आउने गरेको दैनिक १७ करोड लिटर पानी आजबाट बन्द गरिएको हो ।
उपत्यकामा मेलम्चीको पानी नआउने भएपछि खानेपानी वितरणको तालिकामा फेरबदल गरिएको खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको सु्रुङ् खाली गर्न र ममर्त गर्न करिब २ महिना लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस्