
बैतडी । पहिरो खस्दा जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ ।
बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् ।
बझाङबाट धनगढी, हेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।
गएरातीदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
उहाँले राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसंग समन्वय भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्