
फाइल फोटो
डडेल्धुरा । लगातारको वर्षाका कारण सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ ।
आलिताल गाउँपालिका–१ गैराबाट डडेल्धुरा तर्फ सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका ईन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका र पहाडबाट तराई जाने गाडीहरू रोकिएका छन् ।
अवरुद्ध बाटो खोल्ने प्रयास भइरहेको र पहिरो जाने क्रम नरोकिएकोले खोल्न समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्