१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री पाेखरेलद्वारा गुरुङलाई विशेष धन्यवाद


0
Shares

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी पारित मंगलबार पारित गरिएको हो । छलफलमा सबै दलका सांसदले भाग लिएका थिए ।

प्रतिपक्षका सांसदहरूले पहिलाका नीति तथा कार्यक्रमलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्ता पक्षका सांसदहरूले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर जाने बताए ।

सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिनुभएको थियो । उहाँले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विशेष धन्यवाद दिए ।

उहाँले भन्नुभयो, ‘उहाँ(गुरुङ)को सहयोगविना नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।’

सरकारले मंगलबार नै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नुहुने भएको छ । गत वर्ष करिब ३४ अर्बको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष त्यो भन्दा केही घटेर बजेट ल्याउँदैछ ।