१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुपन्देहीमा पोखरीमा डुबेका युवा मृत भेटिए


0
Shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडी खोल्दा बेपत्ता भएका युवा मृत अवस्थामा भेटिएका छन् ।

सोमबार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयाको पोखरीमा पौडी खोल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए ।

खोजीको क्रममा मंगलबार बिहान १०ः३० बजे श्रीसको शव फेला पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

श्रीस मादक प्रदार्थ सेवन गरी पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।