
घोराही । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गरेको छ ।
सोमबार बसेको केन्द्रको बैठकले अब होटेल पनि सञ्चालन गर्न दिने भएको छ । रेस्टुरेन्टले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गर्न पाउने व्यवस्था गरेको समितिले सरकारी कार्यालय पनि दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय गरेको केन्द्रका सदस्य दोर्ण ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार बजार विहान ६ बजेदेखि १० बजेसम्म, वैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथावत् राखिएको छ । यसअघि जारी भएको निषेधाज्ञाको अवधि असार १ गते राति १२ बजे सकिँदै छ ।
प्रतिक्रिया दिनुहोस्