१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट भाषण ४ बजे


0
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि पेश गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभाले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रदेशसभा बैठक बस्नुअघि नेकपा एमालेको संसदीय दलले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै बैठक स्थगित गरिएको छ । अब दिउँसो ४ बजे बस्ने अर्को बैठकमा आर्थिक वर्ष २०७८/७९ को अनुमानित आयव्यय विवरण (बजेट) प्रस्तुत हुनेछ ।