
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा ९८ हजार ३ सय २५ रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
सोमबार साँझ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो ।
विशेष सुराकीका आधारमा तुफानडाँडाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।
उनीहरू सवै मार्तडीका व्यापारीहरू रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्