१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोमालियाको सैन्य तालिम केन्द्रमा आत्मघाति बम हमला, नयाँ भर्ती १५ सैनिकको मृत्यु


0
Shares

एजेन्सी । सोमालियाको सैनिक तालीम केन्द्रमा भएको आत्मघाती बिस्फोटमा नयाँ भर्ना हुन आएका कम्तिमा १५ जना सैनिकहरुको मृत्यु भएको छ ।

घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये १४ जनाको अवस्था गम्भीर छ ।

सोमालियाको राजधानी मोगादिशुको मेडिना जिल्ला स्थित सैनिक तालिम केन्द्रमा विस्फोटक पदार्थसहितको ज्याकेट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा प्रवेश गरी आत्मघाती बिस्फोट गराएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाको जिम्मेवारी आतंकवादी संगठन अल–शबाबले लिएको छ । मारिेने र घाइते हुनेमा नयाँ भर्तीका लागि तालीम लिइरहेका सैनिकहरु रहेका छन् ।