
बिबेक भण्डारी
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण एक सय पचास बिघाको धान नष्ट भएको छ ।
वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मी आधारभुत विद्यालय वगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो ।
धेरै जसोले चैतेधान काटेर राखेका थिए । काटेर खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगाएको शिक्षक विकले बताउनुभयो ।
यस्तै बाढीले वगुवनमा रहेका लक्ष्मि आधाभुत विद्यालय सहित वाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् ।
बाढीले घर डुबानमा परेपछि घरका बासिन्दा सहित ,खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो ।
तीन तिरबाट विनयी र नारायणी नदिले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्