१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारमा सेना र स्थानीय गुरिल्लाको दोहोरो झडप, दुईको मृत्यु, पुरै गाउँ जलेर ध्वस्त


0
Shares

एजेन्सी । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा २ जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर ध्वस्त भएको छ । म्यानमारको किन क्षेत्रमा भएको घटनामा एउटा गाउँको २ सय ४० घर मध्ये २ सय घर जलेर ध्वस्त भएको हो ।

सेनाले शासकिय ब्यबस्थाको बिरुद्धमा रहेको गुरिल्लामाथि धावा बोलेपछी दोहोरो झडप भएको बुझिएको छ ।

झडपकै क्रममा सेनाले गुरिल्लाहरुको बसोबास रहेको गाउँमा अन्धाधुन्ध गोली प्रहार गरी आगजनी गरेपछी दोहोरो झडप भएको हो ।

यसैबीच, म्यानमारका लागि बेलायती राजदुत डान चुगले घटनाप्रति भत्र्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको बिरोध गर्नुभएको छ ।

निहत्था जनताको हत्यामा म्यानमारको सेना उद्दत भएको भन्दै राजदुत चुगले म्यानमारका जनताको जीवन रक्षाको जोडदार माग गर्नुभएको छ ।

म्यानमारमा सेनाले गत फेब्रुअरीमा सत्ता आफनो हातमा लिएदेखि राजनैतिक दल र सर्वसाधारणमाथिको दमन कायमै राखेको छ ।