
एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी रुस र अमेरिकाका राष्ट्रपतिबीच स्वीट्जरल्यान्डको जेनेभामा हिजो भेटवार्ता भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको तिन घण्टासम्म चलेको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेको छ ।
छलफलको क्रममा विश्वका दुई सर्वशक्तीशाली देशहरु आपसी विवाद र चासो छलफलमातर्फत टुंगाउन सकारात्मक देखिएका छन् । आणविक क्षमता नियन्त्रणको विषयमा वार्ता अघि बढाउन पनि दुई नेता सहमत भएका छन् ।
यसैगरि सन् २०२० को मार्चदेखि फिर्ता बोलाईएका राजदुतहरुलाई पुन मस्को र वासिङ्टन डिसीमा फर्काउन पनि दुई देशका नेताले सहमति जनाएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको कथित हस्तक्षेपदेखि साइबर आक्रमण, युक्रेनमा रूसको भूमिकालगायतका विषयमा दुई देशबिच गम्भिर मतभेद छ ।
क्रेमलिनका आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई पनि अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ । भेटपछि अमेरिकी राष्ट्रपति बाइडेनले आपसी असहमतिलाई मर्यादिन भाषामा दुबै नेताले व्यक्त गरेको र रुस अमेरिकासँग नयाँ शितयुद्धको पक्षमा पनि नरहेको जानकारी गराउनुभयो ।
पुटिनले पनि अनुभवी राज्य संचालन बाइडेनसँग सकारात्मक छलफल भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशका राष्ट्रपतिबिच तिन वर्षमा पहिलो पटक भेवार्ता भएको हो ।
सन् २०१८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्