७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


हेलम्बुलाई सडक सञ्जालबाट जोड्न अध्यक्ष शेर्पाको सरकारसँग आग्रह


0
Shares

काठमाडौं । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई सडक सञ्जालबाट जोड्न पहल गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।

हेलम्बु गाउँपालिका जोड्ने चनौटेमा रहेको एक मात्र पक्की पुल मेलम्ची नदिमा आएको बाढीले बगाएपछि हेलम्बु सडक सञ्जालबाट सम्पर्कविच्छेद भएको छ ।

ईमेजसँग कुरा गर्दै अध्यक्ष शेर्पाले कोही नागरिक सिरियस बिमारी भइहाले उपचारका लागि पठाउन पनि नसकिने अवस्था भएको बताउनुभयो ।

`जे भयो भयो अब तत्काल सडक जोड्नमा मेरो आफ्नो पहल हुन्छ, अध्यक्ष शेर्पाले भन्नुभयो, यदि हेलम्बुमा कोही बिमारी भइहाले हेलिकप्टर भन्दा अर्को विकल्प छैन ।`

मेलम्चीलगायत माथिको क्षेत्रमा सञ्चारसम्पर्क समेत विच्छेद भएको छ । विद्युत छैन भने एनटीसीको नेटवर्कले समेत त्यहाँ काम गरेको छैन् ।

मंगलबार राति नाकुने भन्दा ५ सय मिटरमाथिबाट पहिरो खसेर मेलम्ची नदि थुनिदाँ बाधँ बनेको र उक्त बाँध फुट्न गइ ठुलो जनधनको क्षति भएको छ । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार १ को मृत्यु, २० वेपत्ता रहेका छन् । यस्तै ५ झोलुंगे पुल, ४ पक्की पुल र ७ ट्राउट माछा व्यवसाय बगाएको छ ।

बाढीबाट ९ सय जना प्रभावित छन् ।