१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रुपैयाँ ऋण दिने


0
Shares

काठमाडौं । विश्व बैंकले नेपाललाई महामारीसँग जुध्न साढे १७ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ ।

नेपाललाई महामारीसँग जुध्न एवं आर्थिक पुनर्उत्थानमा सघाउ पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गर्न लागेको हो ।

बैंकको हिजो बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको छ ।

बैंकले आफ्नो विकास नीति सहायता अन्तर्गत कोभिड महामारी नियन्त्रण, अति संवेदनशील वर्गको सुरक्षा तथा दीर्घकालीन वृद्धिका लागि उक्त ऋण दिन लागेको जनाएको छ ।