२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पहिरोले ठाउँ–ठाउँमा क्षति पुर्‍याउँदा बागलुङ बजारमा खानेपानी आपूर्ति रोकियो


0
Shares

डम्मर बुढा मगर
बागलुङ । वर्षापछि आएको बाढीले बागलुङ बजारमा खानेपानी ल्याइएको पाइपमा क्षति पुरयाएको छ ।

बाढी र पहिरोका कारण रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पाइप विभिन्न स्थानमा क्षतिग्रस्त भएको हो ।

तीन वटै मुहानमा बाढीले क्षति पुर्याउँदा र पहिरोले पाइप बगाउँदा बजार क्षेत्रमा खानेपानीको आपूर्ति हुन नसहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

पहिरोकै कारण बागलुङ नगरपालिका–३ सुल्डाँडामा रहेको पानीको ट्याङ्कीमुनिको भाग बगाएकाले ट्याङ्कीसमेत जोखिममा परेको जोखिममा परेको शर्मााले बताउनुभयो । विभिन्न स्थानमा समस्या देखिएकाले मर्मतका लागि केही दिन लाग्ने उहाँको भनाइ छ ।

बजारमा रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी आउने गरेको छ ।