२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मैलुङ–स्याफ्रुबेसी सडक वर्षाभर सञ्चालन नहुने


0
Shares

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक वर्षाभर सञ्चालन नहुने भएको छ ।

वर्षामा पहिरो जाने तथा ठूला ढुङगाहरू खस्ने जोखिम भएकाले तीन महिना यातायात सञ्चालनमा रोक लगाइएको गल्छी–त्रिशूली मैलुङ स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

यसअघि ट्रयाक खोलेर सडकको स्तरोन्नति र निमार्ण कार्य भइरहेको थियो । स्याफ्रु–धुन्चे–कालिकास्थान–वेत्रावती सडकभन्दा स्याफ्रु–मैलुङ–वेत्रावती सडक २५ किलोमिटर छोटो छ ।

पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने भएपछि कन्टेनर चालकहरूले स्याफु–मैलुङ–वेत्रावती सडक प्रयोग गर्दै आएका थिए ।