६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डडेल्धुरामा भारी वर्षा, सजग रहन विभागकाे आग्रह


0
Shares

डडेल्धुरा । तीन वर्ष यताकै भारी वर्षा भएपछि जिल्लाको भित्री मधेश क्षेत्रमा बाढी पहिरोको खतरा बढेको छ ।

डडेल्धुराको पुन्तुरा र जोगबुढाका राखिएको वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको रंगुनखोलालगायत आसपासका साना खोलाहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च जोखिम भएपछि आलिताल गाउँपालिका र परशुराम नगरपालिकाले सम्भावित जोखिमबाट सजग र सुरक्षित रहन आग्रह गरेको छ ।