६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङ्जामा पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन


0
Shares

स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

स्याङ्जा–पाल्पा सडकखण्डको गल्याङ नगरपालिका–८ स्थित कारादीमा बेलुकी ७ बजे माथिबाट ढुङ्गासहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको थियो ।

पोखराबाट ल्याएको सडक विभागको डोजरले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदै चल्ने सवारी साधन रोकिएका छन् ।