
काठमाडौं । ब्राजिलले कोपा अमेरिकामा पेरुलाई हराएको छ । शुक्रबार समूह बी को खेलमा पेरुलाई ब्राजिलले ४–० ले हराएको हो । ब्राजिलको यो लगातार दोस्रो जित हो । ६ अंकसहित ब्राजिल समूहको शीर्ष स्थानमा छ ।
ब्राजिलका लागि एलेक्स सान्ड्रोले १२ औं मिनेटमा पहिलो गोल गरे । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे ।
समूह ‘बि’ कै अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
यो बराबरीसँगै कोलम्बिया र भेनेजुएलाले एक एक अंक बाँडेका छन् ।
समूह ‘बि’ को पहिलो खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले हराएको थियो भने भेनेजुएलाले ब्राजिलसँग ३–० को हार भोगेको थियो ।
बराबरीपछि दुई खेलबाट ४ अंक जोडेको कोलम्बिया क्वाटरफाईनल नजिक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्