१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात पहिचान, आधिकारिकताका लागि सिफारिस


13
Shares

प्रकाश नेपाल
इलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ ।

नेपालमा २ सय २७ वर्ष अघिबाट अलैंची खेती गरिए पनि जात पहिचान भने हुन सकेको थिएन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको जात पहिचान नहुँदा बजारीकरणमा समस्या हुँदै आएको थियो ।

अन्तराष्ट्रिय बजारको ६० प्रतिशत अलैची निर्यात गर्ने नेपालले खेती हुने अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सुचिकृतका लागि सिफारिस भएका छन् ।

अलैँची विकास केन्द्र, फिक्कलले जात अनुमोदन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो ।

केन्द्रले अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गर्ने योजना बनाएको छ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिक रूपमा जातको विभाजन हुँदा बजारीकरणमा पनि सहयोग पुग्ने अलैची व्यवसायी बिजय कृष्ण खाकिले बताउनुभयो ।

अलैँची विकास केन्द्रले अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैंची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरेको छ ।

रामसाई जातको अलैैंची विसं १८५० मा इलामको जोगमाईबाट खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । अर्को जात भार्लाङ्गले प्रतिरोपनी ४५ किलो अलैची उत्पादन दिन्छ ।

गोलसाई जातको अलैँचीले प्रतिरोपनी ३५ किलो उत्पादन हुन्छ र यो अलैंची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको अलैंची हो ।

जिर्मले जात अलैची इलामको रोङ गाउँपालिकाबाट खेती सुरू गरिएको हो । इलामलाई चिनाउने मुख्य नगदेबालीको रुपमा रहेको अलैंची खेतीबाट पछिल्लो समयमा किसानरुले राम्रो बजार मूल्य पाउन थालेका छन् ।

तर, अलैची खेतीको प्रवद्धनमा भने सरकारले खासै चासो नराख्दा यहाँका अलैची कृषकहरु मारमा परेकाछन् । त्यसैले पनि अलैची खेतीका लागि सरकारले प्रोत्साहन गरे आगामी दिनमासमेत यस खेतीबाट इलामेलीहरु आत्मनिर्भन बन्न सक्ने देखिन्छ । (भिडियो हेर्नुहोस्)