
राकेश बस्नेत
दाङ । अविरल वर्षाका कारण दाङका धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बस्ती–बस्ती र बजार क्षेत्रमासमेत पानी पसेर बगर झै देखिएको छ । वर्षेनी बाढी पसेर क्षति ब्यहो¥दै आएका यहाँका स्थानीयले कहिले यो समस्या
https://youtu.be/cwRKs6xM0Fsबाट मुक्ति पाउने हुन भन्ने प्रश्न अझै अनुत्तरित छ ।
वर्षेनी बाढी र पहिरोको उच्च जोखिममा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको पातुखोला क्षेत्र पनि उच्च जोखिममा रहेको छ । राष्ट्रिय स्तरमा नै सबै भन्दा बढी जोखिम क्षेत्रको रुपमा मानिएको तुलसीपुरको पातुखोला क्षेत्र अहिले पनि उच्च जोखिममा रहेको छ । लामो समय देखि खोलाकै रुपमा बगेको उक्त क्षेत्र पछिल्लो समयमा मानवीय अतिक्रमणकाे चपेटामा परेको छ ।
यस क्षेत्रमा खोलाको आकार लिएर बग्ने खोलाहरु अहिले कुलोमा परिणत हुँदा यहाँ बर्षेनी मानवीय संकट थपिदै गएको छ । यहाँका खोला छेउका बगरहरु बजार र बस्तीमा परिणत हुँदा प्राकृतिक बिपत्ती भोग्नु परेको छ । पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले पूर्ण रुपमा बस्तीको रुपमा विकास भए पछि यो क्षेत्र उच्च जोखिममा देखिएको स्थानीय पदम केसीको भनाई छ ।
बाढीले बिगतमा पु¥याएको क्षती र भविष्यमा गर्न सक्ने क्षतीको सम्भावित क्षेत्र हेर्दा यो क्षेत्र उच्च जोखिमपूर्ण स्थान रहेको अर्का स्थानिय नारायण भण्डारीले बुझाई छ । प्रकृतिमाथि मानवीय चुनौति र दोहन थपिदै जाँदा कालान्तरमा खोलाले आफनो लय समात्दै गएका कारण ठूलो जोखिम रहने उहाँको बुझाई छ ।
यता खोलामा रहेका बस्तीहरुलाई संरक्षण गर्न राज्यले काम गर्दै आइरहेको तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रष्टोक्ती छ । जनप्रतिनिधि विहीन अवस्थामा भूमाफियाको सक्रियताको कारण बगर बस्तीमा रुपान्तरण भएको र खोला नहरका रुपमा परिणत हुँदा बर्षेनी समस्या बढ्दै गएको उहाँको दाबी छ ।
पातुखोलाको सिरानमा रहेको कपुरकोटबाट बर्षेनी पहिरो खस्ने गरेको छ भने त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरुपमा प्रभावित हुदै आएको छ । यस क्षेत्रमा मात्रै अहिले हजारौ घरहरु धमाधम निर्माण भई रहेकाछन् । तुलसीपुर १ राम्रीको फेदिवाट उरहरीको सुकौरा बबईसम्ममा पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजि गर्न यस अघिनै योजना बनाए पनि कार्यान्वयन हुन सकेको छैन् । त्यसैले भविश्यमा यसबाट हुने क्षति न्यूनिकरण गर्न तत्काल तदरुकता नदेखाए यसले ठूलो धनजनको क्षति नगर्ला भन्न सकीदैन । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्