१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इटहरी उपमहानगरद्वारा १ करोडको लागतमा मुसहर बस्ती निर्माण


0
Shares

सुनसरी । इटहरी उपमहानगरपालिकामा मुसहर परिवारका लागि सामुहिक मुसहर बस्ती निर्माण गरिएको छ ।

घरवारविहीन मुसहर परिवारलाई व्यवस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले टिटिही टोलमा १५ घरपरिवारका लागि सुविधा सम्पन्न घर निर्माण गरेको हो ।

इटहरीका विभिन्न स्थानमा सडक अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिविकोपार्जनमा सहयोग र उनीहरूको जीवनलाई व्यवस्थित बनाउन बस्ती निर्माण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

कोरोना माहामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षित स्थानमा व्यवस्थित गर्ने उदेश्यले भूकम्प प्रतिरोधी बस्ती बनाइएको हो । बस्तीसँगै सामुदायि भवन, मन्दिर, चिल्ड्रेन पार्क, र मोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पहिलो चरणको सामुदायिक मुसहर बस्ती निर्माणमा एक करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो ।