
काठमाडौं । युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेलकुद क्षेत्रलाई राम्रो बनाउन चाहेको बतानुभएको छ ।
शनिबार ओलम्पिकि डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले युवा तथा खेलकुद मन्त्रालयलाई राम्रो बनाउन सरोकारवालासँग सुझाव माग गर्नुभएको छ । आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएकाले े त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको मियाँको भनाइ छ ।
राष्ट्रिय खेलकुद परिषद्को नियमावली बनाउनका लागि छिट्टै टीम तयार पार्ने मन्त्री मियाँले जानकारी गराउनुभयो । ‘मन्त्रालयलाई अझ राम्रो कसरी लान सकिन्छ भन्नेमा मेरो ध्यान छ, खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझाव दिनुस्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको अवस्थामा नियमावलीका लागि टीम तयार पार्दैछु ।’
आफूले कानुन विज्ञ, खेलका विज्ञहरूलाई ड्राफ्ट उपलब्ध गराउने जानकारी दिँदै मन्त्री मियाँले त्यसमा अझ सुधार कसरी गर्न सकिन्ट भन्ने विषयमा राय–सुझाव दिनसमेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रूपमा भातृत्व र मित्रता बढाएको बताउनुभयो । खेलले शान्ति र विकासको विषयलाई अघि बढाइरहेको बताउँदै उहाँले ओलम्पियनहरू धेरै मानिसको प्रेरणाो स्रोत भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्