
टेकराज अवस्थी
डडेल्धुरा । जिल्लाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत एक महिलाको शव फेला परेको छ ।
परशुराम नगरपालिका–८ स्थित केन्द्रकी कार्यालय सहयोगी २४ वर्षीया अस्मिता धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
असार २ गते कोभिडविरुद्धको वडामा बाँकी खोप जोगबुडा अस्पताल फिर्ता गर्न जाँदा सम्पर्कविहीन भएकी धामी शनिबार जङ्गलमा मृत अवस्थामा भेटिएको वडा नम्बर ८ का वडअध्यक्ष गोबिन्द बोहराले जानकारी दिनुभयो ।
मृतक धामीको अनुहारमा नीलडाम देखिएको र टाउकोमा पनि घाउ देखिएकाले स्थानीयले हत्याको आशंका गरेका छन् ।
ईलाका प्रहरी कार्यालय जोगबुडाले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्