
एजेन्सी । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित हुुुनुभएको छ । तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ ।
उहाँले ६२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रायसीले आगामी अगस्टमा सपथ लिएर कार्यभार सम्हाल्ने बताइएको छ ।
यसैबीच इजरायलले इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्नुपर्ने जनाएको छ ।
रायसी राष्ट्रपति निर्वाचित भएसँगै इरानले आणविक गतिविधि बढाउसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुपर्ने इजरायलले टिप्पणी गरेको हो ।
इजरायलको विदेश मन्त्रालयमन प्रवक्ता लियर हैतले नवनिर्वाचित राष्ट्रपति रायसीले यसअघि नै आणविक गतिविधि बढाउने संकेत गरेको भन्दै यसको परीणाम सुखद नहुने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
निर्वाचनको परिणाम आएलगत्तै उहाँले आफूले इरानका नागरिकको चाहना अनुसार नै काम गर्ने प्रतिवद्धता जनाउनभुएको छ ।
तर विश्लेषकहरुले भने इरानले पुनः आणविक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने संकेत रायसीले गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
इरान र इजरायलबीच लामो समयदेखि जारी द्वन्द्व पुनः चर्कने भन्दै कतिपयले चिन्तासमेत व्यक्त गरेका छन् ।
इजरायलले अन्तर्राष्ट्रिय समूदायले इरानमाथि आणविक गतिविधि सञ्चालन नगर्न दवाव दिनुपर्नेसमेत जनाएको छ ।
गत वर्ष इरानले इजरायललाई शीर्ष परमाणु वैज्ञानिकको हत्या र अप्रिलमा युरेनियम सम्वद्र्धन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । य
स्तै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा परमाणु सम्झौता भंग गरेर एकतर्फी रुपमा इरानमाथि थप प्रतिबन्धको घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्