१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बाराको जगदम्बा स्टिल कारखानामा भिषण आगलागी, दुई भारतीय मजदुरको मृत्यु, ४ घाइते


0
Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।

आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

अन्य चार जना घाइते भएका छन् । कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको बताईएको छ ।

विद्युत् सर्ट हुँदा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट हुँदा भिषण आगलागि भएको हो ।