१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनमा थुनिएको रोङ्सी नदीको बहाव सुचालु, तामाकोशी किनारका बासिन्दालाई राहत


0
Shares

काठमाडौं । नेपाल–चिन सिमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो ।

यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ । तर अझैपनि जोखिम पूर्णरुपले टरेको भने छैन ।

त्यसैले पूर्व सावधानी अपनाउन प्रशाशनले आग्रह गरेको छ । पछिल्लो सूचना अनुसार हाल नदी थुनेर बनेको जलायसबाट पहिरोलाई सीमित रुपमा कटान गरि पानीलाई बगाउन सुरु गरिएको छ ।

हाल उक्त जलासयमा अनुमानित एक लाख घनमिटर पानी जम्मा भएको हुनसक्ने बताईएको छ ।

नदीको थुनिंदा सीमावर्ती गाउँ र तामाकोशी नदीको तटीय क्षेत्रका सिन्धुली, दोलखा र रामेछाप जिल्लामा जोखिम बढेको थियो ।