
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट
बाजुरा । खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।
कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भण्डारी बाजुराकै हिमाली गाउँपालिका वडा न ४ का रहेका बुझिन आएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्