१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।

भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध बाढीले बगाएको हो ।

त्यसैगरी दोधरा–चाँदनी र भीमदत्त नगरपालिकाका बस्तीहरुसमेत डुवानमा परेका छन् ।

महाकाली नदीमा पानीको बहावसँगै जोगबुढा खोला थुनिँदा दोधरा–चाँदनी नगरपालिकास्थित कुतियाकबर र शान्ति टोलका घरहरु डुवानमा परेका हुन् ।

बाढीका कारण भीमदत्त नगरपालिका १२ ऐरीमा झण्डै १२ घरहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले महाकाली नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम जारी रहेकाले बस्तीहरु डुवानमा पर्ने खतरा बढेको जनाएको छ ।

जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले आज बिहान महाकाली नदीको पानीको बहाव २ लाख १३ हजार क्यूसेक रहेको जनाएको छ ।