
इलाम । इलामको फाकफोकथुम गाँउपालिका फुएतप्पामा विद्युत अवरुद्ध भएको छ ।
गएराति परेको अविरल वर्षाले थावाखोला लघु जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो खस्दा यहाँका १ सय ६० घरधुरी विद्युत् सेवाबाट बन्चित भएका छन् ।
पावरहाउसमा जाने पानीको पाइपलाइन क्षेत्रमा पहिरो गएपछि लघु जलविद्युत् सञ्चालन अवरुद्ध भएको आयोजना उपभोक्ता समिति उपाध्यक्ष कविता मुकारुङ राईले जानकारी दिनुभयो ।
१८ किलोवाट क्षमताको यस आयोजनाबाट साविक फुएतप्पाका १, २, ३ र ४ नम्बरमा विद्युत् सेवा उपलब्ध छ । हाइड्रोपावर समेत नभएको सो क्षेत्रमा आयोजना क्षति भएसँगै उपभोक्ताहरु अहिले अन्धकारमा बस्न बाध्य भएका छन् ।
खोलाबाट एक किलोमिटर पक्की कुलो र तीन वटा फिल्टर ट्याङ्कीसहित पावर हाउस बनाइएको क्षेत्रमा अहिले पहिरोको जोखिम बढेको छ । भएको छ ।
गएराति परेको अविरल वर्षाले थावाखोला लघु जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो खस्दा यहाँका १ सय ६० घरधुरी विद्युत् सेवाबाट बन्चित भएका छन् ।
पावरहाउसमा जाने पानीको पाइपलाइन क्षेत्रमा पहिरो गएपछि लघु जलविद्युत् सञ्चालन अवरुद्ध भएको आयोजना उपभोक्ता समिति उपाध्यक्ष कविता मुकारुङ राईले जानकारी दिनुभयो ।
१८ किलोवाट क्षमताको यस आयोजनाबाट साविक फुएतप्पाका १, २, ३ र ४ नम्बरमा विद्युत् सेवा उपलब्ध छ । हाइड्रोपावर समेत नभएको सो क्षेत्रमा आयोजना क्षति भएसँगै उपभोक्ताहरु अहिले अन्धकारमा बस्न बाध्य भएका छन् ।
खोलाबाट एक किलोमिटर पक्की कुलो र तीन वटा फिल्टर ट्याङ्कीसहित पावर हाउस बनाइएको क्षेत्रमा अहिले पहिरोको जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्