
इलाम । इलामको देउमाई नगरपालिकाले तेस्रो लिङ्गीलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
उनीहरुलाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन बजेट व्यवस्था गरिएको नगरपालिकाकी उप्रप्रमुख पबीमाया राईले जानकारी दिनुभयो ।
त्यस्तै पालिकाले ४५ वर्ष उमेर पूरा भएका अविवाहित महिलालाई समेत मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
मध्यम अपाङ्गता (पहेलो कार्ड) भएका व्यक्तिलाई समेत मासिक पाँच सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
नगर क्षेत्रमा १ सय ४१ जना त्यस्ता अपाङ्गता भएको व्यक्ति रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्